राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

तपाईको राशिफल, असोज २६ गते आइतबार

आइतवार, २६ आश्विन २०७६ ७:४६

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ
आजको दिन परिवारसंग रमाइलो भेटघाट हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रेममा सफल भइने छ । नयाँ ठाउँको भ्रमण होला ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
वृष रासि हने मित्रलाईको आजको दिन मन्दिरको भ्रमण हुनसक्छ । सहयोगी हातहरू अघि बढ्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाने छ । मान प्रतिष्ठा पाइने छ ।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा
आजको दिनमा झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा धन खर्च हुनेछ । व्यर्थको यात्रा होला साथिभाईसँग विवाद हुन सक्छ । जिवन संगिनीसँग मनमुटाव हुन सक्छ ।

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो
कर्कट राशिहरूको आजको दिनमा आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको यात्रा हुने छ भने मन प्रशंन्न रहने छ ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे
सिंह राशि हुने मित्रहरूको आज शुभ समाचार सुन्न पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
आजको दिनमा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते
तुला राशि हुने मित्र हरूको आजको दिनमाबोलीको विपरीत अर्थ लाग्न सक्नेछ । कार्यहरू अधुरै रहला । अरूको भरपर्दा धोकामा परिनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु
आजको दिनमा दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ । मनपर्ने व्यक्तिको साथ पाईएला ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
आजको दिनमा विद्या र बुद्धिको विकास हुनेछ मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मकर राशि हुने मित्रको आज दिनमा लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । रमणीय र सुखद यात्राको योग छ । कला र गलाको प्रभाव बढ्नेछ ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,
आज बोलीमा विचार नपुर्याउनाले मनमा अशान्ति होला । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
आज पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। तिर्थाटनको योगछ ।

थप जानकारी