राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, मंसिर ३, २०७६

माग पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने डा.केसीको चेतावनी

सोमवार, २७ आश्विन २०७६ ११:२४

काठमाण्डौ । डा. गोविन्द केसीले कात्तिक ८ गतेसम्म आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् ।

सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले ११ दिने अल्टिमेटम दिदै आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।

डा. केसीले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले अनशन बस्ने भनेपनि कहाँ बस्छन् सो भने खुलाएका छैनन् । उनले नेपालको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनशन बस्नसक्ने बताउदै भने,‘नेपाली नागरिक भएकाले देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्न सक्छु । नेपालीको स्वास्थ्य र शिक्षाका लागि लडेकाले जहाँ गए पनि जनताको सहयोग मलाई हुन्छ ।’

चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठर्हयाएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग डा. केसीको रहेको छ ।

थप जानकारी