राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, मंसिर ३, २०७६

लिबरल पार्टीको निमन्त्रणामा राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठ अष्ट्रेलिया प्रस्थान

मङ्गलवार, २८ आश्विन २०७६ १३:२३

काठमाडौं । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ अष्ट्रेलियाको सत्तारूढ लिबरल पार्टीको निमन्त्रणामा राप्रपाको प्रतिनिधित्व गर्दै आज अपरान्ह राजधानी क्यानबेरा तर्फ प्रस्थान गरेका छन् ।

क्यानबेरामा बिहीबारदेखि शुरु हुने एशिया प्यासिफिक डेमोक्रेटिक युनियनको महत्त्वपूर्ण बैठकमा श्रेष्ठको सहभागीता रहनेछ ।

राप्रपा युनियनको सदस्य पार्टी हो । त्यस लगत्तै क्यानबेरा मै हुने सत्तारूढ लिबरल पार्टीको संघीय परिषद बैठकमा पर्यवेक्षकको रुपमा समेत उनको सहभागीता हुनेछ ।

क्यानबेराको कार्यक्रम पछि प्रचार विभाग प्रमुख श्रेष्ठ अष्ट्रेलियाकै महत्त्वपूर्ण शहरहरु सिड्नी, मेलवर्न, ब्रिस्वेनमा नेपाली समुदायसंग भेटघाट एवं अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभागका सदस्य सचिव सुजित केसीले जानकारी दिएका छन् ।

थप जानकारी