राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

पूर्व सभामुख महरालाई थप तीन दिन थुनामा राख्न आदेश

मङ्गलवार, २८ आश्विन २०७६ १८:१२

काठमाडौं, असोज २८ गते । संसद सचिवालयकी एक महिला कर्मचारी माथि हिंसा तथा दुव्यबहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडांै जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले उहाँ पक्राउ परेको दिन असोज १९ गतेदेखि १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको रजिष्टार आन्नदप्रसाद श्रेष्ठले बताए ।

प्रहरी प्रभाग सिंहदरवारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उहाँलाई अहिले नर्भिक अस्पतालमा राखिएको र दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उहाँलाई सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

महिला माथि दुव्र्यबहार भएको आरोपमा महरालाई दश दिन अघि प्रहरीले सभामुखको निजी निवासबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

थप जानकारी