राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

तपाईंको राशिफल, कात्तिक १ गते शुक्रबार

शुक्रवार, १ कार्तिक २०७६ ८:५७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा/व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा/रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
चन्द्रमा अनिष्ट भएकाले प्रतिकूल एवं विपरीत परिस्थिति छ, त्यसैले आज बढी रौसिनु हुँदैन । प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्फूर्ति र उमङ्ग नै देखा पर्नेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । तपाईको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आमरूपमा शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजको दिन ज्ञान र सिप बाँडेर जस लिने समय हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । वाणिमा सरस्वतीको वास छ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझाव बमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।

थप जानकारी