राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, मंसिर ३, २०७६

नेकपा परित्याग गरि राप्रपामा प्रवेश

शुक्रवार, १ कार्तिक २०७६ २०:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि ललितपुरका राजु बोगटी, सुदर्शन के.सी र नरेश खड्का राप्रपा प्रवेश गरेका छन् ।

आज राप्रपा केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष कमल थापाले बोगटी, के.सी र खड्कालाई राप्रपामा स्वागत गरेका थिए ।

बोगटी, के.सी र खडकालाई केन्द्रिय सदस्य निरन्जन थापा र युवा संगठनका सचिव सबिन खड्काले प्रवेश गराएका हुन् ।

राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउने अभियानमा सक्रिय हुने बोगटी, के.सी र खड्काले बताएका छन् ।

थप जानकारी