राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, मंसिर ३, २०७६

अफताब आमललाई पक्राउ गरिनु काङ्ग्रेसविरुद्ध षड्यन्त्र :  सभापति देउवा

शुक्रवार, १ कार्तिक २०७६ २१:२५

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा  शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताएका हुन् ।

काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिए । उनले भन्नुभयो, “कम्युनिस्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।”

जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए। (रासस)

थप जानकारी