राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

माझी राष्ट्रिय गोल कपमा रामेछापको विजय शुरुवात

सोमवार, ४ कार्तिक २०७६ २१:३०

मकवानपुर । कार्तिक ४, नेपाल माझी उत्थान संघमकवानपुरको तत्वावधानमा भएको १५ जिल्लाका १७ टिम सहभागी भएको राष्ट्रिय माझीगोल्ड कपको आज चौथो दिन भएको खेलमा नेपाल माझी उत्थान संघ रामेछापले नेपालमाझी उत्थान संघ ओखलढुङ्गालाई ४–१ ले हराई विजयी शुरुवात गरी क्वाटरफाइनल प्रवेश गरेकोछ ।

आजै भएको अर्को खेलमा नेपाल माझी उत्थान संघ सिन्धुलीले बागमति मकवानपुरलाईट्राइब्रेकरमा ४–३ ले हराएको थियो ।आजको खेलको समुद्घाटन गर्दै प्रदेश नं. ३कि साँसद रिता माझीले सवैलाई सफलताको शुभकामना दिँदै खेल शुरुवात गराउनु भएकोथियो ।

साँसद माझीले आजको खेलमा म्यान अफ द म्याच घोषणा भएका रामेछापकामनोज माझीलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । कार्यक्रम नेपाल माझीउत्थान संघ मकवानपुरका अध्यक्ष आशिष माझीको अध्यक्षतामा हुँदै आएको छ ।

कार्यक्रममा नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझी, सिन्धुलीका बविन्द्रलाल माझी,रामधन माझी, धन बहादुर माझी लगायतको उपस्थिति रहेको थियो । कार्तिक ९ गतेफाइनल हुनेछ । भोली ५ गते १ बजे सर्लाही र सिन्धुपाल्चोक र ३ बजे सुनसरी र मकवानपुरबकैया रातोको खेल हुनेछ ।

थप जानकारी