राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

टोनी क्रुजको को गोलमा रियल मड्रिडको पहिलो जित

बुधवार, ६ कार्तिक २०७६ १६:३१

एजेन्सी, काठमाडौं, कात्तिक ६ गते । जर्मन मिडफिल्डर टोनी क्रुजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको जारी संस्करणमा पहिलो जित हात पारेको छ । उसले गलातासरामाथि १–० को जित हात पार्यो ।

इस्तान्बुलमा मंगलबार अबेर राति सम्पन्न खेलको १८ औं मिनेटमा इडेन हर्जाडको पासमा क्रुजले निर्णायक गोल गर्नुभयो । जितसँगै रियल मड्रिड समूह ए को दोस्रो स्थानमा उक्लिएको छ ।
गलातासराले पहिलो हाफमा गोलको लागि दुईवटा प्रयास रियलका गोलकिपर थिबौट कौर्ससले असफल पार्नुभयो । हारसँगै टर्कीको गलातासरा तीन खेलबाट एक अङ्क जोडेर तालिकाको पुछारमा रहेको छ । रियलको भने पाँच अङ्क रहेको छ । शिर्ष स्थानमा रहेको पेरिस सैन्ट जर्माइनको रियलभन्दा पाँच अङ्क बढी रहेको छ ।

जिनेदिन जिदानको रियल मड्रिड गराथ बैल र लुका मोड्रिक बिना नै मैदानमा उत्रिएको थियो ।
त्यसैगरी मंगलबार राति नै सम्पन्न खेलमा काइलिन म्बापेले हयाट्रिक गोल गरेपछि पेरिस सैन्ट जर्माइन(पीएसजी)ले ब्रगमाथि ५–० को फराकिलो जित हात पार्न सफल रह्यो । जितसँगै पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को नजिक पुगेको छ । काइलिन म्बापेले २० मिनेटको अन्तरमा हयाट्रिक गोल गर्नुभयो ।

थप जानकारी