राष्ट्र हितमा समर्पित
बिहिवार, साउन २९, २०७७

नेपाल असंलग्न राष्ट्र हुँदै होइन: फणीन्द्र नेपाल

बुधवार, ६ कार्तिक २०७६ १९:३०

काठमाडौं । पाकिस्तानसँग भारतले पटकपटक युद्ध गरिसक्यो, ती लडाइँको अग्र मोर्चामा भारतका तर्फबाट लड्ने गोर्खा सेना । हिजोमात्रै पाकिस्तानी सेनासँगको दोहोरो भिडन्तमा गोर्खा सैनिक मारिए, जब कि पाकिस्तान हाम्रा निम्ति शत्रु राष्ट्र होइन ।

चीनले आक्रमण गरेर सन् १९६२ मा भारतलाई घुँडा टेकायो । त्यतिबेला पनि भारतको तर्फबाट अग्रपंक्तिमा रहेर चिनियाँ सेनासँग लड्ने पनि गोर्खा सेना नै । अस्ति भरखरै डोक्लाममा चिनियाँ सेनाले भारतीय सेनाका गाला झन्डै पड्काएको । यदि पड्काउने स्थिति आएको भए गोर्खाली सेनामाथि नै पहिलो प्रहार हुन्थ्यो । चीन त हाम्रो निकटतम छिमेकी र वास्तवमै मित्रराष्ट्र । तर गोर्खा सेना भारतका तर्फबाट चीनविरुद्ध लड्न खटाइन्छन् ; अनि नेपालचाहिँ असंलग्न ।

श्रीलंकामा भिडन्त होस् वा बङ्गालादेशसँगको सिमानामा द्वन्द्व ,भारतका तर्फबाट नेपालका ती मित्रराष्ट्र विरुद्ध बन्दुक उठाउने गोर्खा सेना । अनि फेरि पनि नेपाल असंलग्न । बेला न कुबेला नेपालका शासकहरू भारतका शासकहरूको पाउ मिचिरहन्छन् । तैपनि नेपालचाहिँ असंलग्न । नेपाल असंलग्न राष्ट्र हुँदै होइन ।
ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालको फेसबुकबाट

थप जानकारी