राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

फिफा वरीयतामा नेपाल फेरि ६ स्थान तल पुग्यो

बिहिवार, ७ कार्तिक २०७६ २०:०७

काठमडौ , फिफा वरीयतामा नेपाल फेरि ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको हो ।
यसअघि नेपाल एक सय ६१ औँ स्थानमा रहेको थियो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको कारण नेपालको वरीयता खस्केको हो ।

दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ ।
यस्तै नेपालभन्दा तल रहेका अन्य दक्षिण एसियाली देशहरुमा बंगलादेश तीन स्थान सुधार गर्दै एक सय ८४ औँ स्थानमा छ ।
भुटान एक सय ८९ औँ स्थानमा पुगेको छ । यस्तै पाकिस्तान दुई स्थान सुधार गर्दै दुई सय १ औं स्थानमा र श्रीलंका एक स्थान तल झर्दै दुई सय ३ स्थानमा पुगेको छ ।

थप जानकारी