राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

सुनको मूल्य बढ्यो

शुक्रवार, ८ कार्तिक २०७६ १३:४५

काठमाडौं, कार्तिक ८ गते । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा भारी बृद्धि भएको छ । बुधबार बढेको सुनको मूल्य बिहिबार स्थिर देखिएकोमा शुक्रबार सुनको मूल्यमा भारी बृद्धि भएको छ।

बिहिवार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपैयामा कारोबार भएकोमा शुक्रबार ७१ हजारमा कारोबार भएको हो । सुनको मूल्य एकै दिन ६ सय रुपैयाले बढेको छ ।

बुधबार समेत ७० हजार चार सयमा कारोबार भैरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र सोमबार छापावाल सूनको मूल्य ७० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ७० हजार दुई सयमा कारोबार भएको थियो भने बुधबार पुनः ७० हजार चार सयमै कारोबार भएको थियो । बिहिबार समेत सुनको मूल्यमा केही परिर्वतन भएको थिएन । शुक्रवार तेजावी सुनको मूल्य बुधबार ७० हजार सात सयमा कारेबार भैरहेको छ ।

सुनको मुल्यसँगै चाँदीको मूल्यमा समेत बृद्धि भएको छ । आईतबार प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदीको मुल्य,सोमबार मंगलबार र बुधबार समेत प्रतितोला ८५० रुपियाँमा नै कारोबार भैरहेकोमा बिहिबार समेत ८५० मा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्यमा १० रुपैयाँले बृद्धि भएको हो ।

थप जानकारी