काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीन तर्फ प्रस्थान गरेका छन् । ITF Grade 1 tournament अन्तर्गत ‘ITF Shenzhen Seniors Circuit 2019 U ’ प्रतियोगितामा भाग लिन थापा आज त्यस तर्फ प्रस्थान गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कनु हुनेछ ।