राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

राष्ट्रिय माझी गोल्डकपः रामेछाप र सिन्धुली फाइनलमा

शुक्रवार, ८ कार्तिक २०७६ २०:३६

हेटौंडा,८ कात्तिकः मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत आज भएको सेमिफाइनल खेलहरुबाट नेपाल माझी उत्थान संघ रामेछाप र सिन्धुली विजयी बन्दै फाइनलमा पुगेका छन् ।

आज भएको पहिलो खेलमा मकवानपुर निलाेलाई २–० गोल अन्तरले पराजित गर्दै रामेछाप फाइनलमा प्रवेश गरेको छ। त्यस्तै, आजको दोस्रो खेलमा सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिन्धुली फाइनलमा प्रवेश गरेको हो ।प्रतियोगिता अन्तर्गत भोली शनिबारको फाईनल खेल २ बजे रामेछाप र सिन्धुली बीच हुनेछ ।

माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

थप जानकारी