राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

कमल थापाको स्वास्थ्य सुधारोन्मुख

बुधवार, १३ कार्तिक २०७६ १६:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका अध्यक्ष थापाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ ।

यही कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए । उनी कात्तिक १४ गते स्वदेश फर्कनुहुने छ ।

थप जानकारी