राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावको समर्थन

बुधवार, १३ कार्तिक २०७६ १६:१४

न्युयोर्क, कात्तिक १३ गते । आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन् । चीनले प्रतिआतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ ।

चीनले यहाँको सिनजियाङका उइगुर नामक समूहका विषयलाई लिएर प्रतिआतङ्कवादसम्बन्धी प्रस्ताव राखेको थियो । चीनको उक्त प्रान्तका बारेमा चीनले राष्ट्रसंघीय विशेष सत्रमा राखेको प्रस्तावको समर्थन गरिएको संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधिले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि भ्यालेन्टिन रिबाकोभले बेलारुससहित विश्वका ५४ देशहरुको समर्थन रहेको जानकारी उक्त बैठकमा दिनुभएको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी तेस्रो सत्रको मङ्गलबार बसेको बैठकमा चीनले सो प्रस्ताव राखेको थियो । उक्त बैठकमा ती देशले तत्कालै चीनको पक्षमा मत जाहेर गरेका राष्ट्रसंघका लागि बेलारुसका स्थायी प्रतिनिधि रिबाकोभले जानकारी दिनुभयो । उहाँले सो प्रस्तावको समर्थनमा आफ्ना धारणा राख्दै चीनको प्रसंशा पनि गर्नुभएको बताइएको छ ।

प्राप्त समाचारमा उहाँले चीनले मानवकेन्द्रित विकास गरेको भन्दै वर्तमानमा चीनको विकास उल्लेखनीय रहेको जानकारी पनि दिनुभएको थियो । उक्त प्रस्तावअनुसार सियानजिङमा विभिन्न जातीय समूहको मानवअधिकारको संरक्षण र सम्बद्र्धनका क्षेत्रमा सहयोग पुर्याउने छ ।

सो प्रस्तावमा चीनको उक्त क्षेत्रमा जारी रहेको मानवअधिकारको विषय र अवस्थालाई लिएर विश्वका कतिपय देशहरुले लगाउने गरेको आधारहिन आरोपहरुको पनि खण्डन गर्दै यहाँको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउने त्यस बैठकमा वितरण गरिएको सो प्रस्तावमा जनाइएको समाचारमा उल्लेख छ ।

थप जानकारी