राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

ओरालो लाग्दै सुनको भाउ

बुधवार, २० कार्तिक २०७६ १२:२९

काठमाडौ कात्तिक २० गते । साताको चौथो दिन बुधबार समेत सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएन । साताको आइतबारबाट ओरालो लाग्न सुनको मूल्य मंगलबार पनि ओरोलो लागेको थियो ।

मंगलबारबाट पुनः बुधबार आईपुग्दा सुनको मूल्य झनै ओरालो लागेको छ ।
छापावाल सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोमा बु्धबार घटेर ७० हजार दुई सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । मंगलबारको भन्दा बुधवार छापावाल सुनमा प्रतितोला छ सय रुपैयाले घटेको हो ।

बुधवार तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भैरहेको छ । मंगलवार तेजावी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य समेत ओरालो लाग्ने क्रम रोकिएको छैन । मंगलबार चाँदी तोलाको आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेकोमा बुधबार घटेर आठ सय ४५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

थप जानकारी