राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

बिहिवार, २१ कार्तिक २०७६ ८:१४

दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो ।

महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

थप जानकारी