राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

सुनको भाउ बढेको बढ्यै

सोमवार, २५ कार्तिक २०७६ १२:११

काठमाडौं, कात्तिक २५ गते । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ । सातामो पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजावी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भैरहेको थियो । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

थप जानकारी