राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

नेपालमाथि भारतको १० विकेटको जित

सोमवार, २५ कार्तिक २०७६ १५:३८

काठमाडौं, कात्तिक २५ गते । नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोली भारतको यू १९ सी टोलीसँग दश विकेटले पराजित भएको छ ।

च्यालेन्जस सिरिजको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य भारतको यू १९ सी टोलीले मात्र २१ ओभर खेलेर बिना कुनै विकेटको क्षतिमा पुरा गरेको हो ।

भारतको जितमा ओपनर दिव्यांश अजय कुमारले ५२ र अर्जुन आजादले ६७ रनको योगदान गर्नुहुँदै अविजित रहनुभयो । भारतीय ब्याटिङ्ग समक्ष नेपाली बलिङ्ग आक्रमण फितलो रहयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग रोजेको नेपालले ३२ ओभर एक बलमा १ सय १६ रनमा समेटिन पुग्यो । नेपालको लागि कुशल मल्लले बनाउनुएको २६ रन नै सर्वाधिक व्यक्तिगत् स्कोर रहन गयो । भारतका लागि विद्याधर पटेल, मुज्तबा युसूफ, चिन्तला रेड्डी, शुभांग हेगडे र रवि रोशनले सामान दुई दुई विकेट लिनुभयो ।

थप जानकारी