राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

भारतले नक्सा सच्याउनुपर्छ : गच्छदार

मङ्गलवार, २६ कार्तिक २०७६ २२:५२

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिए ।

“नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्”, उनले भे । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उनले प्रष्ट पारे ।

अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो ।

सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं  विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उनले बताए । उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने जानकारी दिए । (रासस)

थप जानकारी