राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

अर्जेन्टिनाद्वारा ब्राजिल पराजित

शनिवार, ३० कार्तिक २०७६ २०:१४

काठमाडौं, एजेन्सी –  फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ ।  लियोनल मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराएको हो ।

ब्राजिलले सुरुवातमै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ९औँ मिनेटमा गाब्रियल जिससले प्रहार गरेको पेनाल्टी सही दिशामा रहन सकेन । जिससलाई नै गेरमन पिजेलाले फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो ।

मेस्सीलाई एलेक्स सान्द्रोले डिबक्समा फल गर्न पुगे । तर मेस्सीले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । मेस्सीको प्रहारलाई ब्राजिलका गोलकिपर एलिसन बेकरले रोकिदिए । त्यसको लगत्तै अर्जे्न्टिनाले खेलमा अग्रता बनायो । उसका लागि मेस्सीले गोल गर्न सफल भए ।

खेलको सुरुवातमा नै अग्रता बनाएको अर्जेन्टिनाविरुद्ध ब्राजिलले बारम्बार दबाव दिए पनि गोल फर्काउन सकेन ।

थप जानकारी