राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

नेता रावलले भने, `सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ´

सोमवार, २ मंसिर २०७६ २०:३६

काठमाडौं : नेकपाका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन् ।

रत्नराज्यलक्ष्मि क्याम्पसमा सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् ।

नेपाल र भारतको सीमा विवाद पुरानो समस्या भएको बताउँदै उनले भने, ‘विगतमा नेताहरुको सत्ता लिप्साका कारण समस्या समाधान हुन सकेन । अहिले दुई तिहाइको बलियो सरकार भएकोले यो पटक जसरी पनि समस्याको समाधान गर्नुपर्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि सीमा विवाद भएको ठाउँमा तत्काल सेना पठाउनुपर्ने बताए । उनले भने, ‘सबै भन्दा पहिला विवादित ठाउँमा सेना पठाउनुपर्छ । सँगसँगै सीमा विवाद रहेको ठाउँका बासिन्दालाई बलियो बनाउनुपर्छ ।’

सीमा विवादको समस्या समाधानका लागि कुनै दल विशेष नभनी सबै क्षेत्रका मानिसहरु एकजुट भएर लाग्नुपर्ने उनले बताए । नेपाल कम्युनिस्ट पार्टीका युवा नेताद्धय ठाकुर गैरे र लेखनाथ न्यौपानेले सीमा सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल गर्नुपर्ने बताए ।

थप जानकारी