राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

मेस्सीको गोलमा आर्जेन्टिनाको हार टर्यो

मङ्गलवार, ३ मंसिर २०७६ ११:३५

एजेन्सी । काठमाडौं, मङ्सिर ३ गते । कप्तान लिओनल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिनाले ऊरुग्वेसँगको हार टारेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सोमबार अबेर राति सम्पन्न खेलमा अर्जेन्टिनाले ऊरुग्वेसँग २–२ को बराबरी खेलेको हो ।

पहिलो हाफको ३४ औं मिनेटमा ऊरुग्वेका लागि एडिन्सन काभानीले गोल गर्दै १–० को अग्रता दिलाउनुभयो ।

सर्जिओ अग्वेरोले खेलको ६३ औं मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गर्दा खेल १–१ को बराबरीमा आयो । तर बराबरीमा आएको ४ मिनेट नबित्दै लुईस सौरेजले उरुग्वेको अग्रतालाई दोब्बर पार्नुभयो ।

इन्ज्युरी समयमा ऊरुग्वेका डिफेन्डर मार्टिन कासेरेसले पेनाल्टी क्षेत्रभित्र हयाण्ड गरेपछि पाएको अवसरलाई सदुपयोग गर्दै मेस्सीले आर्जेन्टिनाको हार टार्नुभयो । र खेल २–२ को बराबरीमा सम्पन्न भयो ।

थप जानकारी