राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

१२ औं साग भन्दा धेरै स्वर्ण नेपालले एकै दिन जित्याे

सोमवार, १६ मंसिर २०७६ १४:२७

काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै पदक हात पारेको छ ।

पहिलो दिनको खेलमा कराते र तेक्वान्दोमा बढि पदक जितेको नेपालले अहिलेसम्म ६ स्वर्ण जित्न सफल भयो । जुन १२ औं सागको भन्दा तीन पदक बढि हो । भारतमा भएको सागमा नेपालले पुरै प्रतियोगितामा ३ स्वर्ण जितेको थियो ।

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री र उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो । तेक्वान्दोमा १२ औं सागमा स्वर्ण विहिन भएको थियो ।

नेपालले प्रतियोगिता उद्घाटन भएको दोस्रो दिन नै आफ्नो प्रभाव जमायो । जसमा नेपालले ६ वटा स्वर्ण जित्न सफल भयो ।

थप जानकारी