राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ १६, २०७७

जनमत, जनचाहना र उपनिर्वाचनको निर्मम समीक्षा

बुधवार, १८ मंसिर २०७६ १६:४३

हरि कृष्ण अधिकारी

मंसिर १४ मा भएको निर्वाचनमा बिजयीलाई काम गर्ने अधिकार प्रत्यायोजन र पराजितलाई आफ्नो शैली र गतिविधि सुधार्न जनताले जनमत दिएको मेरो बुझाई हो।त्यसैले आफ्ना कमी कमजोरी सुधार्न पराजितलाई अनुरोध छ।

अब कुरा गरौँ साझा पार्टीको, जो म आवद्ध पार्टी हो र मेरो जे बिचार छ त्यसलाई कदापि मर्न दिने छैनौ भन्ने मेरो बिश्वास हो। पार्टी साध्य होइन साधक हो ।यो मैले बारम्बार भन्ने गरेको छु-“म पहिले नेपाली स्वतन्त्र नागरिक त्यसपछि पार्टी सदस्य।”

म साझा पार्टीको स्थापनाकालदेखि विभिन्न सपना नागरिकलाई सुनाउदै हिड्ने समर्पित सदस्य हूँ ।मलाई बिश्वास छ हामी  नागरिकलाई भनेका कुरा पूरा गर्न दत्तचित्तले लाग्नेछौँ र पार्टी पनि हामी नागरिकलाई बताए जस्तो नै बनाउनेछौ भन्ने दृढ बिश्वाश हामीलाई छ। धेरै पछाडिको घटनालाई न सम्झिकन पार्टीका सदस्यहरु अलग हुँदाको दिन आफूले  देखाएको बाटो हिड्दै गर्दा आफैलाई ठेस लागेर डा. सूर्यराज आचार्यको आँखा रसाउदा हेर्न नसकेर आँखा रसाउने केन्द्रीय टिमको साथमा हुने म पनि एक सदस्य हूँ।कसैलाई सपना देखाएर छाड्दा कस्तो जवाफ आउँछ त्यो मलाई थाहा थियो। त्यसको असर सबैले मनन गरौँ। किनकि नागरिकले हामीसङ्ग ठूलो अपेक्षा गरेका थिए।त्यो घटनाले यिनीहरु पनि उस्तै हुन् भन्ने सन्देश गयो हाम्रा कसका कति कमजोरी जनताले बुझ्न् समय लाग्ने छ।

साझा पार्टीमा भएका सदस्यहरु प्रति जनतालाई पूर्ण बिश्वास छ। यिनले गलत गर्दैनन् भन्ने कुराको परिणाम  अहिले आएको जनमत हो। सबै साझाको गन्तव्य बुझेका नागरिकले  नै हामीलाई मत दिएका हुन्।ती मत दिने  सबै नागरिक अब साझा पार्टीका लिडर बनेर कालान्तरमा पार्टीमा आउने नागरिक हुन भन्ने मेरो बिश्वास हो। ती नागरिकहरुको चाडै पहिचान गर्न लागौँ र पहिचान गरि देश बनाउने जिम्मेवारी दिऊँ।

हामीले सोचे जस्तो नागरिकले सोच्नलाई र उनीहरुलाई बुझाउन हामीलाई समय लाग्ला तर नागरिक अबुझ छैनन्  बुझेका छन्।नागरिकले  मन परिवर्तन गरिसकेका छन् तर मत परिवर्तन गर्न सक्ने बिश्वास हामीले तयार गर्नुछ । दशकौँदेखि कुसंस्कारमा जगडिएको समाजमा बलिया दुई राजनीतिक पार्टीमध्ये एक पार्टीको सदस्य नहुने हो भने सामान्य नागरिकले पाउने सरकारी र सामाजिक सेवा नपाउने अवस्था अहिले राज्यमा बनिरहेकोे सबैलाई बिदितै छ ।यी दुई ठूला राजनीतिक दलरूपी पहाडलाई समथल बनाउन हामीले अहिले नङ्ग्रा मात्रै प्रयोग  गर्दैछौ तर नङ्ग्रा मात्रैले पहाड भत्किदैन घन र गैटी प्रयोग गर्नु पर्छ त्यसको तयारीमा जुट्नु अहिलेको आवश्यकता हो।बेथितिको फ़ेहरिस्त सबै नागरिकलाई मन मनमा छ तर हामी प्रतिको बिश्वासको कमीले मतमा परिणत हुन सकेको छैन ।अहिलेको अवस्थामा अहिले बिद्यमान दलले यो देश सक्काए र बनाउदैनन भन्ने अलिकति पनि चेत भएका नेपालीको मनले भनिरहेको छ । ती चेतनशील नागरिक बन्धनमा छन् र उनले हामीलाई समर्थन गर्नका लागि उनीहरुको भावना हामीले प्रतिनिधित्व गर्नु अहिलेको आवश्यकता हो ।

नेपाली जनताको अहिलेको भावना र आवश्यकता भनेको कम्तीमा आफ्ना छोराछोरीलाई पढाउने कुराको सुनिश्चितता ,अनि बिरामी हुँदा ठिक ठाक ठाउँमा उपचार गर्ने ब्यवस्था र बुढेसकालमा अप्ठेरो पर्दा हेर्ने कोहि होस् भन्ने कुराको सुनिश्चितता खोजेका छन्।यी आधारभूत कुरा संविधानले ब्यवस्था गर्दा पनि सरकारले पूरा गर्न सकेको छैन ।साझा पार्टी सरकारमा पुग्दै गर्दा यी आधारभुत कुरा नि:शुल्क गर्नेछ भन्ने कुरा जनतालाई सु-सूचित गराउनु जरुरी छ ।

जनताको अर्को मौन असन्तुष्टि देशको संघीयता ,धर्म निरिपेक्षता  जस्ता बिषयमा छ ।यस्ता  कुरा साझा पार्टी सरकारमा पुग्दै गर्दा जनताको हातमा सुम्पनेछ र जनमत संग्रहमा लैजाने छ भनेर स्पष्ट रुपमा साझा पार्टी र समर्पित सदस्यले बोल्नु जरुरी छ ।हामी संविधानबादी हो तर नागरिकको मौन असन्तुष्टिलाई हामीले सम्बोधन गर्नु नै राजनीति पार्टीको धर्म हो त्यसै अनुरुप नै हामी स्पष्ट हुन जरुरी छ । यद्यपि हामी अहिलेको संविधान बदल्नु पर्यो भन्ने पक्षमा उभिन चाहदैनौ । यसरी हामी नागरिकका असन्तुष्टि लाई सम्बोधन गर्न सक्यौ भने नागरिकको बिश्वास बोक्न सक्नेछौ । साझाले सु-संस्कृत र सहभागितामूलक राजनीति गर्छ भन्दै गर्दा हामीले हाम्रा व्यबहार अहिलेको समाजसंग तुलना गरेर यस्तै त हो भनेर चल्यो भने कालान्तरमा हामीलाई जनताले पुरानै पार्टी जस्तो नदेख्लान भन्न सकिदैन। त्यसले हामीले पहिले आफ्ना गल्ती सुधारौँ र सु-संस्कृत राजनीतिमा सहभागितामूलक लोकतन्त्रलाई सधैं अंगिकार गर्न नभुलौँ।पार्टीमा जोडिएका साथीहरू देख्दा उहाँहरुको भरोसा र त्याग देख्दा हामी अझै बढी त्यागी सु-संस्कृत बन्ने प्रेरणा प्रदान हुन्छ।एक खालको देश परिवर्तन गरेर नै मर्ने सपना हरेक सदस्यको निर्दोष आँखाहरु बोलिरहेका छन ती भरोसा तोड्नु हाम्रो लागि पाप समान नै हुनेछ । हामी तपाईं समर्पित सदस्यहरुको अटुट भरोसा टुटन दिने छैनौ भन्ने दृढ संकल्प गर्न चाहन्छु।अन्त्यमा,

उपनिर्वाचनको दौरानमा मलाई जहिले याद आईरहने दृष्टान्त राख्न चाहन्छु, एक पटक बलियो  हात्तीहरुको बथानलाई मान्छेहरुले बाँधेर धेरै यातना दिए, काम गराए दु:ख दिए, उनीहरुलाई खानसम्म पनि राम्रोसंग दिएनन् तर पनि धेरै हात्ती त्यही सानो सिक्रीमै बाधिएर छट्पटी बसे तर एक अलिकति फरक सोँच भएको हात्तीलाई आफूले जङ्गलमा हुदा रुख नै भाँचेको याद आयो अनि यो सानो डोरी त म चुडाउन सक्छु जस्तो सोच आयो र उसले खुट्टा जोडले चलायो उसको डोरी चुडियो ।अनि उसले अरु हात्तीको कानमा गएर भन्न थाल्यो कि  “साथी तिमी कहाँ यो डोरीमा बाँधिएर बसेको तिमी त धेरै बलियो पो छौ तिमी त रुख नै भाँच्न सक्छौ सम्झ त ।” अनि अर्को हात्तीले पनि हो भन्यो अनि खुट्टा चलायो उसको पनि डोरी चुडिँयो यसरी सबैले कुरा बुझेपछि उनीहरुको बथान डोरी मुक्त भए।

यसरी यो दृष्टान्तमा जस्तै बाँधिएका (वा हाम्रो संयोजकले भन्ने गरेको राजनीतिक मायाजाल)नेपाली जनतालाई  हामीले डोरी चुडाल्यौँ तपाइँ पनि बलियो हुनुहुन्छ डोरी चुडाल्नुस् भन्नेछौँ अनि सम्पूर्ण नेपाली जनताले त्यो मायाजाल तोड्ने छन् र सुसंस्कृत राजनीतिको बिगुल फुक्ने छौ।

तपाईंको जय होस्, नेपालीको जय होस्,

नेपालको जय होस्।

सबैको मंगल होस् ! “इमान सहित गरिएका काम सधैं सफल हुन्छन् तर समय लाग्नेछ ,हामी कत्ति पनि अत्तालिने छैनौँ किनकि हामी लामो दूरी तयार गर्न सम्पूर्ण  रुपले समर्पित छौ।”

लेखक साझा पार्टीका प्रदेश ५ का सदस्य हुन् ।

थप जानकारी