राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

साग पुरुष फुटबल : नेपाल र श्रीलंका १-१ गोलको बराबरीमा

बुधवार, १८ मंसिर २०७६ १९:५०

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबलमा आज सम्पन्न खेलमा नेपाल र श्रीलंकाको खेल बराबरी भएको छ।

बुधबार भएको खेलमा श्रीलंकाले थप समयमा गोल गर्दै खेल १-१ को बराबरीमा खेलेको हो।

नेपालका सुजल श्रेष्ठले ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिएका थिए। तर खेलको  थप समयमा श्रीलंकाले गोल गरेपछि खेल १-१ को बराबरीमा रोकिएको थियो।

बुधबारको खेलमा नेपालले एक गोल गर्यो भने श्रीलंकाले थप समयमा एक गोल गरेर बराबरीमा रोकियो।

थप जानकारी