राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

१३ औं साग : भारतको ३२ स्वर्ण, नेपालको २९

बुधवार, १८ मंसिर २०७६ २१:४३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतले नेपाललाई अकंतालिकामा पछाडी पारेको छ। तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ वटा मात्र स्वर्ण जितेको छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो।

तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण २३ राजत र १३ कास्य सहित ६८ पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।

भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ।

तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक हात पारेको छ। बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।

माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ४ कास्य पदक हात पारेको छ।

थप जानकारी