राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलन वासिङ्टनमा शुरु, सम्मेलनमा कमल थापा सहभागी

बिहिवार, १९ मंसिर २०७६ १७:२६

१९ मंसिर, वासिङ्टन । अमेरिका भ्रमणमा रहनु भएका राप्रपा अध्यक्ष आजदेखि वाशिंगटन डिसीमा International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलन आजदेखि वासिङ्टन डिसीमा शुरु भएको हो ।

क्यानाडाका पुर्व प्रधानमन्त्री तथा IDU का अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए । सम्मेलन मा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिईरहेको छ ।
सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श हुनेछ ।

आजै वाशिंगटन डिसीमा IDU का अध्यक्ष तथा क्यानडाका पुर्व प्रधानमन्त्री स्टेफेन हार्पर र राप्रपा अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको थियो । अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ ।

यसैगरी राप्रपा अध्यक्ष थापा र Asia Pacific Democratic Union का महासचिव एवं अष्ट्रेलियाका लिबरल पार्टीका नेता Bruce Edwards संग आज वाशिंगटन डिसीमा शिष्टाचार भेट भएको छ । भेटमा प्रजातन्त्र, मानवअधिकार, लिबरल पार्टी र राप्रपा बीच सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको राप्रपा केन्द्रिय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

थप जानकारी