राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

भारोत्तोलनमा सञ्जुले जितिन् ऐतिहासिक स्वर्ण

बिहिवार, १९ मंसिर २०७६ २०:२०

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले स्वर्ण पदक हात पारेको छ । बिहिबार भारोत्तलनमा सञ्जु चौधरीले महिलातर्फ ऐतिहासिक स्वर्ण दिलाएकी हुन् ।

सञ्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडी आरएमएनएस राजापाक्षालाई पछि पारिन् । उनले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान पनि बनाइन् ।

श्रीलंकन खेलाडी राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितेका छन् ।

थप जानकारी