पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित भएको छ ।पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग नेपाल ४१ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । नेपालका कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै कबिता कुवरले अविजित १३,करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।
श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनायो । उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रन बनाए ।
नेपालकी सन्तोषी कुमारी र सोनु खड्काले समान २|२ विकेट हात पारे । जितसंगै श्रीलंका र बंगलादेश फाइनल प्रवेश गतेका छन् ।