राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

२० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

सोमवार, २३ मंसिर २०७६ १६:२८

काठमाडौं , नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् ।

नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् ।

नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो । यसअघि सन् १९९९ को आठौं सागमा नेपालले बक्सिङतर्फ दुई वटा स्वर्ण जितेको थियो ।

थप जानकारी