राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

नेविसंघद्वारा लिपुलेकसहितको नक्सा सार्वजनिक

सोमवार, २३ मंसिर २०७६ १९:४४

काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको विरोधमा नेपाल विद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ ।

काठमाडौँको बसन्तपुर डबलीमा नेविसंघका नेताहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । ‘चिनौँ सीमा, जोगाऔँ माटो’ अभियान संचालन गरी नेविसंघले देशव्यापी रुपमा नक्सा कोर्न विद्याथीहरुलाई सिकाउने भएको छ ।

बसन्तपुरमा उनीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रदर्शन गरेका थिए ।आजको कार्यक्रममा नेविसंघका नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेभन्दै आक्रोश पनि व्यक्त गरे ।

उनीहरुले सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाइ गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

थप जानकारी