राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सागमा नेपाललाई ५१ स्वर्ण

मङ्गलवार, २४ मंसिर २०७६ १७:५४

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित कुल २०२ पदक जितेको छ । नेपाल कुल २०२ पद जित्दै दोस्रो भएको हो भने पभारतले १७१ स्वर्णसहित प्रथम स्थान हासिल गरेको छ ।

दक्षिण एशियाली खेलकुदमा भारतले लगातार वर्चश्व कायम राखेको छ । भारतले ९२ रजत र ४५ काँस्यसहित कुल ३०८ पदक जितेको छ ।

तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८२ रजत र १२६ काँस्यसहित २४८ पदक जितेको छ । चौंथो स्थानको पाकिस्तानले ३० स्वर्ण, ४० रजत र ५९ काँस्यसहित १२९ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।

छैंठौं स्थानको मालदिभ्सले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।

थप जानकारी