काठमाडौँ । दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई तीन लाख पुरस्कारको घोषणा गरेका छन् ।
यस्तै एक भन्दा धेरै स्वर्ण जित्ने खेलाडीलाई ११ लाख पुरस्कारको घोषणा प्रधानमन्त्रीले गरे ।