राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

स्मारक ए डिभिजन लिग: आर्मीको फ्रेन्ड्स क्लबमाथि २–१ को जित

सोमवार, ३० मंसिर २०७६ १७:२०

काठमाडौं, मङ्सिर ३० गते । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २–१ को जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबमाथि २–१ को जित हात पारेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक एक गोल गर्नुभयो । पहिलो हाफमा आर्मीका लागि नवयुगले खेलको चौथो मिनेटमा गोल गरेर १–० को अग्रता दिलाउनुभयो । आर्मीले उक्त अग्रता पहिलो हाफसम्म कायम राख्यो ।

दोस्रो हाफको सुरुमै फ्रेन्ड्स क्लबका लागि शक्ति राईले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो । खेलको उत्तराद्र्धमा आर्मीका लागि दिनेश हेन्जनले गोल गर्नुहुँदै आर्मीले खेलमा २–१ को अग्रता लियो । हेन्जनको गोल नै खेलको निर्णायक गोल रहन गई त्रिभुवन आर्मीले तीन अङ्क जोडन सफल भयो ।

थप जानकारी