राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

थ्री स्टार र जावलाखेल गोलरहित बराबरीमा रोकियो

बुधवार, २ पौष २०७६ १६:२१

काठमाडौं, पुस २ गते । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा सम्पन्न भयो ।

बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँडेको छ । जावलाखेल युथ क्लबले खेलको ११ औं मिनेटमा नै पाएको अवसर गोलमा परिणत गर्न सकेनन । सुजित बुढाथोकीको पासमा विजय घलानको प्रहारले गोल पोष्ट भेटन सकेन ।

१६ औं मिनेटमा रुपेश केसीको प्रहार बक्स बाहिरै गोलरक्षक टेकेन्द्र थापाले बचाउनुभयो । खेलको ६९ औं मिनेटमा थ्री स्टारका लागि सुन्दर अवसर पाउनुभएका विजय भुजेलको प्रहारले दिशा लिन सकेनन । गोलरक्षक बिट भइसकेको अवस्थामा भुजेलको प्रहार गोलमा परिणत हुन सकेन ।

थप जानकारी