राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नाता, घर/गोठ प्रमाणित गर्न दुई लाख लिने वडा अध्यक्ष पक्राउ

शुक्रवार, ४ पौष २०७६ १७:५७

काठमाडौं, पुस ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाता, घर/गोठ र बाटो प्रमाणित गर्न सेवाग्राहीसँग दुई लाख रुपियाँ लिएको आरोपमा एकजना वडाअध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

आयोगले नवलपरासी रामग्राम नगरपालिका वडा नं १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले वडा अध्यक्ष मगर र मिलेमत्तो रहेको लेखनदास रबिन्द्रप्रसाद यादबलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जानकारी दिनुभएको छ । वडा अध्यक्ष गोपाल डिस्वा मगरले सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिशका लागि दुई लाख रुपियाँ लिनुभएको हो ।

सिफारिशका लागि दुई लाख रुपियाँ लिएको र रसिद माग गर्दा नदिएको ब्योहोराको ऊजुरी परेपछि आयोगको बुटवल कार्यालयले उहाँलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

थप जानकारी