राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मौलिक सिद्धान्त बोक्ने बैकल्पिक शक्ति देशले खोजिरहेको छ: अध्यक्ष महेश बहादुर सिंह

आइतवार, ६ पौष २०७६ १४:३४

बिगत लामो समयदेखि नेपालमा एक वैकल्पिक शक्तिको आवश्यकता महशुस भइरहेको छ । देशको राजनैतिक अवस्था हेर्दा दिर्घकालिन स्थायित्वको लागि पनि अहिलेका संसदवादी ठुला दलहरुबाट नेपाली जनताले आशा र विस्वास गर्ने आधार हरु देखिदैन, बहुदलपछि निरन्तर राज्य सत्तामा बसेका तर पार्टी नेताको स्वार्थ भन्दा माथि उठ्न नसकेका दलहरुबाट फेरि पनि आमुल परिवर्तनको आशा राखेर नेपाली जनताले राज्यव्यवस्था परिवर्तन लाइ आत्मसात गरे । तर पनि झन झन राष्ट्रिय कमजोर बन्दै गयो, भ्रष्टाचार संस्थागत रुपमा बढेर गयो , जनताको आधारभूत आवश्यकता सहज रुपमा प्राप्त गर्ने अवस्था पनि भएन,कर बृद्धि, महङ्गी, कालोबजारी बढेर गयो, सत्ताको उन्माद वडा देखि केन्द्रीय सरकार सम्म देखियो, चप्पल लगाएर काठमाडौं छिरेका नेताहरु बिना ब्यवसाय, अर्वपति बने, स्थानिय तहमा जितेका प्रतिनिधि आफै ठेकेदार, आफै ब्यापरि आफै जनप्रतिनिधि बने ।

एकाध बर्षमै नवधनाढ्य र करोडौंका मालिक बने, सरकारी स्वामित्वमा रहेका उधोग लगायतका हरेक क्षेत्र कि त बन्द भए , कि त निजि ब्यक्तिको भोगचलन को आधार क्षेत्र बने, राष्ट्रियता कमजोर बन्दै गयो । ६० लाख भन्दा बढी दक्ष जनशक्ति अरब र मरुभूमिमा रगत पसिना बगाउन बाध्य भए, देशको कुल जिडिपि को २८% भन्दा बढि रेमिट्यान्सले धानिरहेको छ ,बिकास खर्च भन्दा ३ भाग बढी ठुला दलका कार्यकर्ता भरण पोषणमा खर्च भइरहेको छ, देश को ऋण भार १० खर्व भन्दा माथि रहेको, प्रत्येक नेपाली जनताले आफ्नो टाउकोमा ३७/३८ हजार बैदेशिक ऋणको भारी बोक्नु परिरहेको छ । देशमा ३५ /४० हजार छोटे राजा हरु ले राज गरिरहेका छन्, देशमा वैदेशिक हस्तक्षेप बढेर गएको छ । सनातन धर्म संस्कृति , मौलिक पहिचान समाप्त हुने बाटो तिर गइरहेको छ । जनता सार्वभौम छन् तर विवेक प्रयोगमा ह्रास हुँदै गइरहेको छ । यि बिबिध कारणले गर्दा पनि राष्ट्र, राष्ट्रियता , भौगोलिक अखण्डता, सनातन सभ्यता जोगाउन , जनताको आधारभूत आवश्यकता सहज बनाउन , देश भित्रका बेथिति अन्त्य गर्न , ठुला दलहरुको अकर्मण्यताका कारण देश वर्वादी हुन बाट जोगाउन सिङ्गो राष्ट्र सम्बृद्धि बनाउन एउटा वैकल्पिक राजनैतिक पार्टी को आवश्यकता छ ।

हिजो ६२/६३ को परिवर्तन पछि भएको राजनैतिक परिवर्तनले देशलाइ सहि गन्तव्य मा पुर्‍याउन सकेन, राजनैतिक रुपमा भएको परिवर्तनलाइ फेरि सुधार गर्न पनि राजनैतिक रुपमा नै आवश्यक हुन्छ र यसका लागि पनि एउटा बलियो राष्ट्रवादी पार्टीको आवश्यकता महसुस गरेर ०६२/६३ पछि कमल थापाको नेतृत्वमा तत्कालीन राप्रपा नेपालको जन्म भएको थियो । अप्ठ्यारो, असहज र प्रतिकुल समयका बाबजुद पनि सबै राजनैतिक दल भन्दा अलग बिचार, सिद्धान्त, एजेण्डा बोकेर अध्यक्ष कमल थापाको नेतृत्वमा तत्कालीन राप्रपा नेपाल चौथो शक्तिको रुपमा स्थापित भयो, अलग पहिचान बोकेर हिडेको पार्टीलाइ बलियो बन्ने डरले देशी बिदेशी शक्तिको इसारामा कमजोर बनाउने खेल भयो, यसैको उदाहरण तत्कालीन राप्रपा नेपाल र राप्रपा एकता गराएर फुटाउनु पनि हो । यसका अरु कारणहरुमा पटकपटक सरकारमा जानु पनि रह्यो ।

कमल थापालाई कमजोर नबनाएर यो बिचार समुह लाइ समाप्त पार्न सकिदैंन भन्ने बुझेर नै देशी बिदेशी शक्तिहरुले खेले । त्यसको गोटिको रुपमा तत्कालीन राप्रपा नामधारी नेता कार्यकर्ता हरु प्रयोग भए । राप्रपा भित्र जुँगाको लडाइका कारण, बिदेशी चलखेलका कारण बिचार , सिद्धान्त कमजोर पार्ने खेल सुरु भयो ।

पञ्चायतदेखि सहअस्तित्व स्विकार गर्न नसक्ने राप्रपाका नेताहरु सुध्रिन सकेनन्, पार्टी र कार्यकर्ता को भविष्यवारे ध्यान दिन सकेनन्, फलस्वरुप हिजो राष्ट्र, राष्ट्रियता, राजसंस्था , हिन्दू राष्ट्र , राष्ट्रिय अखण्डता सहित राष्ट्रिय सम्बृद्धि लगायत फरक एजेण्डा बोकेको राजनैतिक दल राप्रपा कमजोर बन्यो र राजसंस्था र हिन्दुबादी समुह कमजोर बन्यो ।

पार्टी यो अवस्थामा पुग्नुमा राप्रपा भित्रका सबै नेता कार्यकर्ताको उत्तिकै दोष रहेको छ, कमल थापालाइ मात्र दोष दिएर आफु चोखो बन्ने छुट कसैलाई छैन । हिजो सबैले गल्ती गरेका छन्, आज फेरि राष्ट्रवादी शक्ति मजवुत हुनुपर्ने र बैकल्पिक शक्तिको रुपमा स्थापित हुनुपर्ने आवश्यकता देखिरहेको छ । आफ्नै मौलिक सिद्धान्त बोक्ने बैकल्पिक शक्ति देशले खोजिरहेको छ । यसैका लागि हिन्दू राष्ट्र , राजसंस्था लगायत बिचार सिद्धान्त बोक्ने पार्टी, समुहहरु बिच एकता हुनुपर्छ , यो बैचारिक धरातलमा उभिएका सम्पुर्ण समुहहरु एक ठाउँमा आउनै पर्छ ।

बिशेष गरि राप्रपा र राप्रपा संयुक्त एकता हुनुपर्छ, बाहिर भएका अन्य ब्यक्ति, समुह पनि अनिवार्य समेट्नु पर्दछ । तर एकताको नाममा कसैलाइ बहिर्गमन गर्ने कार्य र चलखेल हुनु हुदैन । जसले हिजो समाप्तप्राय: भइसकेको अवस्थामा त्यो एजेण्डा बोकेर आज सबैलाई बोल्न सक्ने आधार बनायो, उसैका बिरुद्धमा एक सुत्रिय मुद्दा बनाएर बिरोध गर्नु जतिको नालायकीपन अरु हुन सक्दैन ।

सबैको कमजोरी छ तर आफ्नो कमजोरीलाइ अरुको टाउकोमा मात्र थुपार्ने कार्य गर्नु भनेको अपरिपक्व राजनैतिक चरित्र हो । जसको लागि एजेण्डा बोकेका छौ उसले पनि साना साना झुण्डका बिचमा रमाएर आफु फेरि स्थापित हुन्छु भनेर सोच्नु मुर्खता सिवाय केही हुनसक्दैन । त्यसकारण अहिले को आवश्यकता राष्ट्रवादी शक्ति बलियो हुनु नै हो । त्यसका लागि एकतावद्ध हुन आवश्यक छ, तर एक हुने नाममा दोष जति एउटालाइ लगाएर आफु राम्रो बन्ने अनि जसले हिजो घाटमा पुगेको बिचार सिद्धान्तलाइ पुनः जन्म दिएर आज सबैले खुलेर बोल्न सक्ने, बोक्न सक्ने बनायो उसैलाइ अपराधी सोच्नु र सम्पुर्ण दोष दिनु किमार्थ स्वीकार्य हुन सक्दैन । नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक राजनीतिक धारको अस्तित्व हाम्रै प्रयासबाट मात्रै जीवन्त रहन सक्छ । सबैलाइ चेतना होस् ।
लेखक राप्रपा निकट विधार्थी संगठनका अध्यक्ष हुन् ।

थप जानकारी