राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

पुलिसमाथि थ्रीस्टारको जित

सोमवार, ७ पौष २०७६ १७:३२

काठमाडौं, पुस ७ गते । थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । उसले नेपाल पुलिस क्लबलाई हराएर आफ्नो पहिलो जित दर्ज गराएको हो ।

दशरथ रङ्गशाला सोमबार सम्पन्न खेलमा थ्री स्टारले खेलको अन्तिम समयमा गरेको गोल नै अन्तिम तथा निर्णायक रहन गयो । थ्री स्टारको जितमा ८६ औं मिनेटमा सुसन श्रेष्ठको पासमा सुशील राईले गोल गर्नुभयो ।

जितसँगै थ्री स्टारले दुई खेलबाट चार अङ्क जोडेको छ । पुलिसको भने एक अङ्क छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपनि थ्री स्टारले पुलिसमाथि दबाब कायम गर्न सफल भएको थियो ।

४६ औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार गोलमा परिणत भएन । ५३ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरिएपछि पुलिसले अग्रता लिन पाएको अवसर खेर फाल्यो ।

थप जानकारी