राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन १४, २०७७

नेकपाको निर्णय: प्रदेश ३ को नाम ‘बाग्मती’ र राजधानी हेटौंडा

आइतवार, १३ पौष २०७६ १२:५८

काठमाडाैँ, १३ पुस । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम ‘बाग्मती’ र राजधानी हेटौंडा बनाउने निर्देशन दिएको छ ।

स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा बसेको सचिवालय बैठकले ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई उक्त निर्देशन दिने निर्णय गरेको हो । उक्त निर्णयलाई सार्वजनिक भने गरिएको छैन।

प्रदेश–३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भए पनि प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो । त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो ।

अहिलेसम्म ३ वटा प्रदेशले मात्रै नाम र राजधानी टुंगो लगाइसकेका छन् । अन्य ४ प्रदेशले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन् ।

सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका भने प्रदेश १, २, ३ र  ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन।

थप जानकारी