राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन १४, २०७७

सयौं खेलमा ब्रिगेडको जित

मङ्गलवार, १५ पौष २०७६ १८:४५

काठमाडौं, पुस १५ गते । सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड बोयज क्लबले हिमालय शेपा क्लबमाथि जित हात पारेको छ । ए डिभिजन लिगको आफ्नो सयौं खेलमा उसले हिमालयन शेर्पालाई १–० ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १७ औं मिनेटमा ब्रिगेड बोयजका लागि विजय गुरुङले गोल गर्नुभयो । गुरुङको गोलमा १–० को अग्रता लिएको ब्रिगेडलाई जित दिलाउन उक्त गोल नै पर्याप्त भयो ।

पेनाल्टी क्षेत्रबाट विजय गुरुङले गर्नुभएको प्रहार डिफेन्डरलाई छुदै गोलमा परिणत हुँदा हिमालयनका गोलरक्षक मूकदर्शक बन्न पुग्नुभयो ।
दोस्रो हाफमा ब्रिगेडले अग्रता लिन सकेन ।

हिमालयन शेर्पाले भने बराबरी गोल समेत फर्काउन नसक्दा ब्रिगेडले तीन अङ्क पाउन सफल भयो । जितसँगै ब्रिगेडले चारखेलमध्ये दुईमा जित हात पार्दै छ अङ्क प्राप्त गरेको छ ।

थप जानकारी