राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

गायक डा.अजित घिमिरेको म्युजिक भिडियो “कालीको ठुम्का” सार्वजनिक

शुक्रवार, १८ पौष २०७६ २१:१०

गायक डा. अजित घिमिरेले हालसालै आफ्नो नयाँ म्युजिक भिडियो “कालीको ठुम्का” बजारमा ल्याएका छन्।

कार्टून क्रुज र भीमफेदी गाइजको बेजोड नृत्य रहेको सो गीतको संगीत तथा रचना पनि गायक स्वयम् घिमिरेले नै गरेका हुन् । भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन्।

यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ। आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामा लगायत अरु कलाकारहरुले साथ दिएका छन् ।

गायक घिमिरेले यस अघि आफ्नो पहिलो सांगीतिक एल्बम “प्रस्तुति” सार्वजनिक गरिसकेका छन्।

गायक घिमिरेले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पी.एच.डी. समेत गरेका छन् ।

थप जानकारी