राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन १४, २०७७

शुक्रबार पेनम्ब्रल चन्द्रग्रहण

बिहिवार, २४ पौष २०७६ १८:४२

काठमाडौं, पुस २४ गते । सन् २०२० को पहिलो चन्द्रग्रहण शुक्रबार नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्ने छ । उक्त चन्द्रग्रहण राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५७ मिनेटमा सकिनेछ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाँया दुई प्रकारको सघन तथा बिरल गरी दुई प्रकारको हुने गरेको नेपाल एष्ट्रनोमिकल सोसाइटिका अध्यक्ष सुरेश भट्टराइले बताउनुभयो ।

के हो पेनम्ब्रल चन्द्रग्रहण

उहाँका अनुसरा यदि चन्द्रमा पृथ्वीको सघन छाँयामा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँयामा पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाँगो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पंचाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन ।

यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले विज्ञानिक समुदायको लागि यस्तो ठूलो हुने भट्टराईको भनाइ छ ।

थप जानकारी