राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन १४, २०७७

जितसँगै आर्मी तालिकाको शिर्ष स्थानमा उक्लियो

बिहिवार, २४ पौष २०७६ १८:४८

काठमाडौं, पुस २४ गते । सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबमाथि जित हात पार्दै त्रिभुवन आर्मी क्लब अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा उसले सरस्वतीमाथि १–० को जित हात पार्यो ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गर्नुभएको गोल नै निर्णायक रहन गयो । उहाँले खेलको ३० औं मिनेटमा सेसेहाङ आङदम्बेको पासमा वान टचमा गर्नुभएको प्रहार गोलमा परिणत भयो ।

सरस्वतीमाथि जितसँगै आर्मीले १२ अङ्कसहित तालिको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मनाङ मस्र्याङ्गदीको ११ अङ्क छ ।

सामान १० अङ्क रहेको मच्छिन्द्र र थ्री स्टार तालिकाको तेस्रो र चौथो स्थानमा छन् । मनाङ लिगको पाँचौं चरणको खेलसम्म आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । आर्मी भने लिगको दोस्रो खेलमा मनाङसँग १–० को हार बेहोरेको थियो ।

थप जानकारी