राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

“हुन्थ्यो” कविता

शुक्रवार, २५ पौष २०७६ १२:५३

चौतारीको,
पेरी फेरीमा भए हुन्थ्यो ।।
तिम्ले पानी हाल्ने पिपलुको
म एक हागा भए हुन्थ्यो।।

टक्क ,
उचाईको सिर्रर बतासमा
थप छाया भए हुन्थ्यो ।।
बायाँ तिर पिपलु छ
दायाँ पाए हुन्थ्यो।।

झ्याम्म,
गरि लर्किएको बृक्ष त्यो
सुन्दर पत्र हुन पाए हुन्थ्यो
लड्दै गरेका सितका थोपा
ति छुन पाए हुन्थ्यो ……
खाली छ चौतारीयाहाँ
पुर्ण भए हुन्थ्यो
रितिएको उदास मनमा
माया भए हुन्थ्यो ……।।।

-मनिषा बिमली

थप जानकारी