राष्ट्र हितमा समर्पित
शनिवार, चैत्र १५, २०७६

पृथ्वी जयन्तीको अवसरमा राप्रपा प्रदेश ५ द्वारा विविध कार्यक्रम सम्पन्न

आइतवार, २७ पौष २०७६ १६:४२

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ काे आयाेजनामा बुटवलमा एक भव्य कार्यक्रम बिच चियापान सम्पन्न भएकाे छ ।

चियापानमा बिभिन्न राजनैतिक दल,नागरिक समाज,संघ संस्था, कर्मचारी, व्यवसायी लगायत राप्रपाका नेता कार्यकर्ताहरुकाे उल्लेखनिय सहभागीता रहेकाे थियाे ।

राप्रपा प्रदेश नं ५ का अध्यक्ष प्रदिपकुमार उदयबाट पृथ्बी नारायण शाहको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात भएको थियो ।

सो अवसरमा स्थानिय कलाकारहरु तेजु अर्याल,ब्रिटिना गिरी लगायतको समुहहरुबाट सांगितिक कार्यक्रम प्रस्तुत भएको थियो । साथै पृथ्वी नारायण स्पोर्टस फाउण्डेसनद्वारा आज बिहान ९ बजे देखि १२ बजे सम्म रक्तदानको कार्यक्रमको आयोजना गरिएको थियो । ५५ जनाले रक्तदान गरेका थिए ।

थप जानकारी