राष्ट्र हितमा समर्पित
BMP Infology
बिहिवार, फागुन ८, २०७६

राष्ट्र बैंकका डेपुटी गभर्नरमा शिवराज श्रेष्ठलाई पुनः बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिवार, २ माघ २०७६ १७:५५

काठमाडौँ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पुनः बहाली गर्न मन्त्री परिषदले निर्णय गरेको छ । डेपुटी गभर्नर श्रेष्ठबारे डेढ महिनादेखि निर्णय नहुँदा राष्ट्र बैङ्कका काम कारबाहीमा  प्रत्यक्ष असर परिरहेको थियो ।

डेपुटी गभर्नर श्रेष्ठमाथि अनियमितता आरोप लगाइएकाे थियाे । मन्त्रिपरिषद्को निर्णयअनुसार गत कात्तिक ७ गते श्रेष्ठमाथि छानविन गर्न अर्थ मन्त्रालयले राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियो ।

गत कात्तिक १८ गते राष्ट्र बैङ्कले सञ्चालक श्रीराम पौडेलको अध्यक्षतामा सुवाेधलाल कर्ण र रामजी रेग्मी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।  छानविन समिति गठन भएसँगै श्रेष्ठ निलम्बित भएपछि राष्ट्र बैङ्कको कामकारवाहीमा प्रत्यक्ष असर परिरहेको थियो ।

१ महिनाको समयावधि पाएको समितिले गत मंसिर २४ गते साँझ राष्ट्र बैङ्क सञ्चालक समिति समक्ष छानविन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मंसिर २५ गते अर्थ मन्त्रालयलाई बुझाइएको थियो ।

छानबिन समितिले बुझाएको ३० पृष्ठ लामो प्रतिवेदन र ५२ पृष्ठ अनुसन्धान सम्बन्धी अन्य कागजपत्रमा केही आरोप पुष्टि भएको, केहीको कागजपत्र नभेटिएको र, केही आरोप पुष्टि हुने आधार नभेटिएको उल्लेख थियो ।

थप जानकारी