झापा । राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले महायज्ञको उद्घाटन गर्दै धर्मको रक्षा गरे धर्मले रक्षा गर्ने बताएका छन् ।
लिङ्देनले हिन्दू सनातन धर्मको रक्षा विना सम्मुनत समाज निर्माण हुन नसक्ने दावी गरेका छन् ।
उनले धर्मका नाममा विदेशी शक्ति हावी भएको भन्दै नेपाली नेपालीलाई फुटाएर आदिम कालदेखि चलिआएको हिन्दू सनातन धर्मलाई नामेट पार्न खोजेको आरोप लगाएका छन् ।
धर्म, संस्कार,संस्कृतिको धनी देश नेपालमा विभिन्न खाले देशी विदेशी शक्तिले धर्मको नाममा चलखेल गरिरहेको र धार्मिक सहिष्णुता लिङ्देनले बताए ।
महायज्ञको उद्घाटन समारोहमा विभिन्न वक्ताहरुले आ-आफ्नो धारण राखेका थिए ।