राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

इतिहास मेटाउने प्रयासप्रति पलाताबासी सतर्कता रहनु पर्छ: निराजन बम

शुक्रवार, ३ माघ २०७६ १४:३१

कालिकोट । कालिकोट जिल्ला साबिकको थिर्पु गाबिस वडा नम्बर ४ मा हाल पलाता गाउँपालिका वडा न ९ मा २०३४ सालमा स्थापना भइ लामो समयसम्म इतिहास कायम राखेको श्री सरस्वतीमा बिथिर्पुकोलाई कमिसनको खेलमा पलाता जनताको आखामा छोरो हालेर श्री शहीद स्मृति नमुना आवासीयमा विधालय नाम राखेर हाम्रो पुर्खाको योगदान र हाम्रा सटिफिकेटको पनि ठूलो अपमान भएको छ ।

यो निर्णय तुरुन्त सच्याउन स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु श्री सरस्वती मा बि प्रती माया र आफ्नो इतिहासलाई माया गर्नुहुने सम्पुर्ण पलाता बासी र यश स्कुलमा अध्यन सकेर त्यो ठाउँलाई थप परिवर्तन गर्नकालागी विभिन्न ठाउमा रहेर योगदान गरिरहनु भएका चिन्तन ब्यक्तिहरु र अहिले अध्यनरत विद्यार्थी भाइ बहिनीहरुमा पनि यो इतिहास मेटाउने निर्णयविरुद्ध एकजुट हुन समेत आग्रह गर्दछु ।

सहिद स्मृति आवासीय नाम राख्ने ठूलो रहर छ भने हाम्रो इतिहास नमेटिने गरि त्यो काम गर्न आग्रह गर्दछु । छोरा पाउन कहाँ छ कहाँ भोटो सिलाउन हतार भने जस्तै, कुनै भौतिक सम्रचना नबन्दै कमिसन , भ्रष्टाचारको खेल कारणले सहिद नमूना आवासीय मा बि लेखिएको ड्रेस एक बर्ष पहिलै खरिद गरेर स्टोरमा जम्मा गरिएको छ । उक्त सहिद स्मृति आवासीय मा बि नाम राख्नको लागि कुनै ब्यक्ती जनता र यहाका अभिभावक बिना उपस्थितिमा गरिएको निर्णय अदालत जुम्लाले अनुसन्धान गएको छ । सहिद स्मृति नमूना नाम केका लागि किन राख्ने यो कुरा जनतालाइ नबुझाइ आफ्नो निजि स्वार्थमा यस्ता प्रती गम्भीर ध्यानाकर्षण गराउदछु ।

यो इतिहास मेटाउने खालको निर्णय न सच्याए स्थानीय सरकारको पुत्ला जल्न सक्छ किनकी जनप्रतिनिधि भनेको कहिल्यै पनि जनता भन्दा माथी हुदैन यो जनता बिपरित पलाताको अस्मिता , इतिहास मेटाउने निर्णय न सच्चाए जनताले स्थानीय सरकारको भण्डाफोर गर्न बाध्य हुनेछन पहिल्यै सतर्कता रहन स्थानीय सरकारलाई आग्रह समेत गर्दछु । बिकासको नाममा भ्रमलुट गरेर अगाडि रहेको पलाताको स्थानीय सरकार समयमै जनताको रगत र पसिनालाइ ख्याल नगरे पलाताको सरकारलाई ठूलो संकट आउन सक्छ ।

पलाताका जनताले काम खोजेका छन, गरिबबाट मुक्त हुन खोजेका छन तर सरकारको प्रतिनिधित्व गर्ने ब्यक्तिका करोडौंका बिल्डिङ बन्ने अकुत सम्पति कमाएर आफू परिवारलाई समृद्ध बनाउने तर जनतालाइ गरिब बनाएर समृद्ध गाउँपालिकाको कल्पना खोज्नु भनेको नदिमा बगाएर माथितिर खोज्न जानू जस्तै हो । त्यसैले सरकारलाई आग्रह गर्दछु ब्यक्तिबादी प्रबिधिबाट बिकास र समृद्ध सम्भावना छैन पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बम लाई मेरो आग्रह हिजो भात र मासु खानलाइ दसैं कुर्ने परिवारले भोट दिइएका छन याद राख्नुहोला त्यस्ता परिवारका सदस्यहरुले दिएको जनअधिकारमा होलि खेलेर वर्षको एक पक्की घर किन्ने उदश्यबाट टाढा रहनुहोस त्यस्ता परिवारका समस्यामा मलम लगाउन आग्रह समेत गर्दछु । अहिलेसम्मको पलता गाउँपालिकाको स्थानीय सरकारले गरेका गतिविधिले सरकारको आयु अत्यन्तै छोटो रहेको समेत प्रष्ट पार्दछु ।

थप जानकारी